सुचना प्रबिधिको बिकासक्रम सँगै बैकल्पिक पत्रकारिता ब्लग सेवा दिन प्रतिदिन लोकप्रिय हुँदै गैरहेको छ । ब्लग नियमित रुप मा सामाग्री प्रस्तुत गर्ने एक किसिम को वेबसाईट नै हो । ब्लग मा पुरानो सामाग्री क्रमश माथि पर्दै जान्छ । ब्लग लग को छोटो रुप हो नेपाली मा यसलाई आगन्तुक शब्दको रुप मा भित्रैएको छ । ब्लग मा राखिने लेख रचना लाई ब्लग पोस्ट मा उप्डेट गरिन्छ । ब्लग लेख्ने लाई ब्लगर भनिन्छ । ब्लग मुख्य बिशेषता भनेको यस्मा पत्रकारिता हरु मा जस्तो साधा लेख्रचना नभैइ त्यस सँग सम्बन्धित बिषयहरु फोटो vedio अडियो अनी mp3 हरु पनि दिएको हुन्छन । तेसैगरी ब्लगमा राखिएका सामाग्रीको बारेमा पाठकले तत्काल प्रतिकृयापनी लेखन सक्छन, ब्लग बनाउनु ईमेल लेख्नु जतिकै सजिलो हुन्छ यस्को ब्याबस्थापना अन्य साईट हरुको भन्दा सजिलो हुने गर्छ तेसैले ब्लग को लोकप्रियता बढ्दै गैरहेको छ आज कम्प्युटर चलाऊने धेरैले ब्लगको बारेमा जानकारी पाइसकेकाछन ब्लग साईटहरुपनी अत्याधिक खुल्न थालेका छन ब्लग को पहिलो प्रयोग सन १९९४ मा एक अमेरिकि कलेज विद्यार्थी jastin hal ले गरिएका मानिएपनी नेपालमा भने सन २००३ देखी सुरुभएको हो ,तर ब्लगले बैकल्पिक पत्रकारिताको रुप भने १९ माघको कदम पछीनै हो १९ माघ पछी नेपालको सम्पूर्ण संचार माध्याम माथि कडा सेन्सर्शिप लागु भयो बिद्युतिय तथा छाप माथि सत्य तथ्य सुचना प्रबाहमा रोक लगाएपछी कातिपुर दैनिक का पत्रकारहरु लगायतका लोकतन्त्र र स्वोतत्न्त्रताको पक्षमा रहेको पत्रकार हरुले सामुहिक ब्लग तयार गरेर नेपाल भित्र वा बहिरका नेपाली हरुलाई यि ब्लग साईट ले बिना सेन्सर्को सत्त्य र तत्य घट्नाहरुको प्रस्तुत गरेर united we ब्लग रेडियो फ्री नेपालले आफुलाई बैकल्पिक सुचनाको श्रोत को रुप मा प्रस्तुत गरेका थिए ब्लग को सामाग्री यस्तै हुनुपर्छ भन्ने सर्बमान्य छैन कसैको ब्यक्तिगत डाइरिको रुप्मा प्रयोग गरिरहेका छन भने कसैले साहित्य सामाग्री देखी सुचना साथै स्वोतन्त्राताको गम्भिर उदेश्य बोकेको हुन्छ जस्को कारण संसारका कैयौ ब्लगर हरु जेलमा छन यस्लाई ब्यक्तिगत डाइरिको रुप्मा भन्दा बैकल्पिक पत्रकारिताको धार समाती प्रस्तुत हुँदा लोकप्रिय हुन्छ नेपाल बाहेक प्रबास बाट पनि नेपाली भाषामा धेरै ब्लग हरु सन्चालनमा छनउदेश्य फरक फरक हुने भएकोले कती सन्ख्यामा ब्लग सन्चालन भइरहेको छ भन्ने एकिन गर्न सकिदैन प्रबास मलेशियामा पनि धेरै ब्लग हरु सन्चालनमा छन www.sindhusamaj.tk , http://www.dawarinjin.tk/ चलाई रहेका ब्लगर दावा रिन्जिन लामा सँगको कुराकानीको आधारमा यो “अभिबेक्ती”दावा रिन्जिन अरु श्रमिक जस्तै १२ घण्टा काम गर्छन् बचेँको समय लाई त्यसै खेर फाल्दैनन ल्यापटप अगाडि राखेर बिभिन्न प्रोग्राम हरु खोज्न थाल्छन , vedio सि.डि कपि देखी , vedio editting , साथै वेब डिजाईन ब्लग को सामाग्री अप्लोड् गर्छन् । कम्प्युटर देखी कहिल्यै दिक्क नमान्ने रिन्जिन् ले आफ्नै संस्था ” प्रबासी सिन्धु समाज ” नाम मा ब्लग चलाई रहेका छन । संस्थाको नामावाली , उदेश्य ,आगामी कार्यक्रम बिदेशिएका जिल्ला बासी हरुमा भएका बिभिन्न घट्ना हरुको विवरण ,ताजा समाचार , साहित्य लगायत मनोरन्जन का सामाग्री हरु पनि पढ्न सकिन्छ । साथै उन्ले आफ्नो ब्यक्तिगत डायरी को रुप मा http://www.dawarinjin.tk/ चलाई रहेका छन । यस्मा नेपाली हिन्दी गीत को mp3 download गर्न को लागि राखेको बताउछन । उन् का अनुसार world wide website मा दर्ता नगरिएका निशुल्क website को जो कसैले यस्को प्रयोग गर्न सक्छन । ब्लग खोल्न सकिने केही साईट हरु http://www.blogsome.com/ , http://www.blogger.com/ , http://www.wordpress.com/ , http://www.myspace.com/ , ect .ब्लग चलाऊदा सबभन्दा सजिलो भनेको http://www.blogger.com/ को नै हुन्छ भन्ने उस्को आफ्नो बिचार छ ।यदी मिहेनत गरेर डिजाईन गर्ने हो भने ब्लग पनि website भन्दा कम् नराम्रो हुँदैन । प्रबासी सिन्धु समाज को बर्तमान उपाध्यक्ष्य साथै अध्यक्ष्य कुमार आचार्य अचानक नेपाल फर्केको हुँदा अध्यक्ष्य पद पनि आँफैले सम्हालिरहेको जानकारी दिन्छन । प्रबासी नेपालीहरु बिच आपत बिपत परेको बेलामा सहयोग साथै जिल्लाबासी हरुलाई संघठित गर्दै भाईचारा नाता लाई अगाडि बढाउदै प्रबासी सिन्धु समाज को कार्यालय जिल्ला प्रशासन कार्यालय मा खोलिने र बिदेशिएका सम्पूर्ण दाजु भाई तथा दिदिबहिनी हरुलाई अगाडि बड्नलाई कानुनी सल्लाह परामर्श दिने जस्ता भबिश्यमा लक्ष्य लिएको बताउछन दावा रिन्जिन ।
सिंधुपालचोक जिल्ला बरुवा गा बि स वार्ड न ९ घ्याङ्टोल् मा बाबु वङेल लामा र आमा कान्छी लामा बाट २०४२ साल पौष २ गते जन्मेका हुन उनी । दुई भाई एक दिदी मध्य उनी जेठो छोरा हुन । स्थानिय बिद्यालय श्री चन्डिका प्रा बि हुँदै माद्यामिक शिक्षा श्री थङ्पल धाप मा बि बाट २०५८ साल मा एस् ल् सि उतिर्ण गरी हेटौंडा स्कुल अफ म्यनेज्मेन्ट स्कुलरोड हेटौंडा बाट दश जोड २ प्लस टु उतिर्ण गरेका छन । सानै देखी कम्प्युटरमा उन्को रुची थियो । कम्प्युटर को जमाना हरेक काम हरु कम्प्युटरले गर्न थालेपछी र कम्प्युटर बिना केही गर्न नसक्ने अवस्था अैइसकेको हुनाले उन लाई डिजाईन सम्बन्धी कोर्श सिक्ने रहर थियो त्यसैले फुर्सद्को समयमा रेन्बो कम्प्युटर इन्स्टीच्युट चबहिल्मा बेसिक कोर्श सिके । तर सँगइका साथीहरु कमाउन पट्टी बिदेश हिंड्न थालेपछी उन्को मन पनि अडिएन । मैले पनि पढेर केही हुँदैन भन्ने दिमागमा आएपछी पास्पोर्ट बनाइ दुबइ जानको लागि एप्लाई गरेको थिए । तर आफ्नै साथीको म्यन्पवेर भएको र कम्पनी को वेबसाईट देखएपछी २००५ मा केपोङ स्थित हैटेक्स कम्पनीमा अैपुगे । यहाँ आएपछी छ , सात माहिना पछी बाट साईबर धाउना थाले । सुरु सुरु मा ईमेल , च्यटिङ , पत्र पत्रीका , भिडिओ मात्र हेर्थे । च्यटिङ गर्दा गर्दै लाजिम्पाट काठमाडौंमा मल्टिमेडिया खोलेर बसेका हर्का तमाङ सँग राम्रो चिन्जान भयो । लगतार् को अन्लैन भेट ले उनी निकै उत्साहित भए । डिजाईन सबन्धी कुराहरु सिके साथै कम्पनीमा सँगै काम गर्ने साथी पथ्लाल घिसिङ बाट पनि केही सिक्ने अबसर पाए । लगतार् को प्रयास पछी वेबसाईट डिजाईन देखी भिडिओ इडिटिङ सम्म गर्न सक्ने भाईसकेको बताउछन रिन्जिन लामा ।
यदी एउटै बिषयमा लगातार खोज अनुसन्धान र प्रयास गर्ने हो भने कुनै पनि कुरो असम्भब छैन । उन्को एउटै लक्ष्य छ स्वदेश फर्केर कम्प्युटर डिप्लोमा गर्ने र ब्यबसायिक रुपमा वेबसाईट चलाऊने । गाउ घरसम्मा कम्प्युटर ईन्टरनेटको पहुच नपुगिसकेपनी बिस्तारइ सम्भब हुँदै गैरहेछ त्यसैले हरेक नेपाली ले कम्प्युटर सिक्नु आबस्यक्ता छ ईमेल हेर्न ,पठाउन र च्याट गर्न मात्र जानियो भने पनि केही पैसा बचत् हुन्छ । पहिले जागिर खान लाई एस् ल् सि अनिबर्य थियो भने आज कम्प्युटर जान्नु अनिबर्य भाईसकेको छ त्यसैले सबैले सिक्नै पर्छ । दावा रिन्जिन लाई कम्प्युटर बाहेक सामाजिक काम मा पनि उत्तिकै चासो छ । उन को टोल् मा ६० घर छ उनिहरु स्याङ्बा समुदाय भएको कारण बुद्ध धर्म मान्छन । टोलमा एउटा सार्वजनिक गुम्बा सँग छ्योलिङ गुम्बा छ ।तर मर्मत सम्भार नभएको कारण जिर्ण अवस्थामा थियो । उन कै अगुवाइमा सम्पूर्ण युबाहरुलाई जुटाएर गुम्बाको मर्मत सम्भार को साथै बुद्ध जयन्ती समिती निर्माण गरी आबस्यक सामाग्री कार्पेट , कुर्सी ,जुत्त राख्ने र्याक जस्ता सामाग्री हरु जुटाएको बताउछन । गुम्बा मा जम्मा भएको भेटी नै समितिको मुख्य आय श्रोत हो । हाल प्रबासी सिन्धु समाज लाई नेत्रित्व गरिरहेका दावा रिन्जिन प्रबासी सिन्धु समाजले सिन्धुपाल्चोक जिल्ला भोटसिपा गबिसामा अबस्थित श्री चण्डेस्वरी उच्च मा बि लाई मर्मत सम्भारको लागि रु चार हजार दुई सय उपलब्ध गराएको जानकारी दिन्छन । कुराकानी को अन्त्यमा भन्छन समय एकदमै महत्वपूर्ण हुन्छ त्यसैले त्यतिकै खेरा नफालौ फुर्सद्को समयमा साईबर गएर केही सिकौ र नजानेका हरुलाई पनि सिकाउ । । ।
सभार : नेपाल सन्देश साप्ताहिक पत्रीका २८ जुन २००९ ।
It was so nice of u that u havent forget me and mention about me.I am really happy to find a fren like u. Stay cool and play safe & be safe. Missing u all Nepali Guyz of Hytex. Do try to call me.
Am:- 010-4998-5720
timi lai yesta yesta kura haru kaha bata aucha ha………..timi ma talent cha hai nabhayeko ta hoina cha nai ho……… ani aru kehi ma pani use gara…….