कृपया तपाईं हरुको कुनै लेख , रचना , कबिता , कथा हरु भएमा मलाई ईमेल गर्नु होला
email : roseland89@hotmail.com
I’ll publish in my blog thank you
कबिता
खोज्दै छू आज म ति नदेखेका आंखालाई;
सोच्दै छू म आज ति नसुनेको भाषा लाई!
खै कंहा हरायो खै ?
कतै भीड़ हरुमा हरायौकी , कतै प्रीत हरुमा.
कतै फुलमा हरायौकी , कतै गीतहरुमा ,
न कतै बर्शातले रुज्यो की न कतै सित हरुमा
खै कंहा खोजू मैले ?
नत मलाई ठेगाना याद छ नत अनुहारको याद !
खै कस्तो नाता बस्यो खै कस्तो कस्तो याद !
शब्दले मिठास बोलने, कंहा पाउनु साथ
कंहा हरायौ तिमी आज कंहा गयौ!
खोज्दैछ मेरो मन को तरंगले , हृदयको भाखाले
निश्चल आँखाले निरपराध मुटुले! कसरी बिताऊ रात!!!!
DURGA LAMA(MUSKAN)
NAGARKOT,BHAKTAPUR
NOW (ISRAEL)
ब्यथा
जिन्दगी हस्न खोज्दा
पिडा हरु आशु बनी रोकी दिन्छ
फुल झै मूस्कुराउ ओठ्मा मेरो
चोट हरु अै छोपी दिन्छ
घाऊ हरुले भरिएको मुटु मेरो
सिशा झै चर्की दिन्छ
बिर्सिसकेको अतित मेरो
हरपल याद बनी फर्की दिन्छ
बिर्सन खोज्छु नशाको मात मा
ब्यथा हरु बड्दै थपी दिन्छ
छाती भित्र गहिरो घाऊ बनी
याद हरु ताजा बनी दिन्छ ।।।
DURGA LAMA BLOWN(muskan)
NAGARKOT ,BHAKTAPUR NEPAL
NOW ( ISRAEL)
Like this:
Be the first to like this page.
bro…..poem ta dami cha ni……aanmi hamro isreal ma bayeko dd durga la pani thank you…….yesto lekhne soch chai kaha bata ayo ta……….love sava ta pareko chaina ni hai dd
Durga didi namaste tapaiko kabita haru dherai ramro 6.ajai pani yo vanda ramro ramro kabita haru lekhnu hola.anyway thank u so much dawa bro too.all the best for both.bye
Shanti (hongkong)
भाइ दवा,संचार मध्यमको बिकास क्रमले संसार कती रमाइलो भहेको छ हइ ?आफ्नो भावना हरु मनमै मात्रा सिमित नभएर डायरी,पत्र पत्रीका हुँदै आज इन्टर्नेट को माध्यम बाट संसाका कुना कुनामा रहेको साहित्यिक मनहरु सँग साट साट गर्न सक्छौ । तर यो सुबिधा हाम्रो गाउ बेशी सम्म कहिले पुग्छ ?गोठाला गर्दा गर्दै डाडा मा बसेर कहिले च्याट खेल्न सक्छौ ?सहरिया समुदयामा मात्रा सिमित रहेको यो सुबिधा गाउ गाउमा पनि पुग्नु पर्छ र यस्मा तिमी हामी जस्ता युबा दक्ष जनसक्ती को जिम्मेवारि हो भन्ने स्मरन गराउन चाहन्न्छु । तिम्रो ब्लग हेरे राम्रो लाग्यो तिमी साहित्य पनि लेख्छौ भन्ने थाहा थिएन मलाई त्यो ज्ञात भयो । साहित्य भनेको तिमी हामीले भोगेको र देखेको संसारनै हो । त्यस्लाई कलात्मक तरिकाले प्रस्तुत गर्न सकियो भने साहित्य हुन्छ भन्ने मलाई लाग्छ निरन्तर लिख्दै जाउ तिम्रो प्रयास एक दिन नेपाली साहित्य को लागि ठुलो योगदान हुने छ । – अधुरो १३-०८-२००९